फागुन १४,बिराटनगर / प्रदेश १ का बिभिन्न जिल्लामा बिप्लव माओबादीले बिद्यालय सञ्चालकहरुलाई पत्र नै पठाएर बिद्यालय बन्द गर्न निर्देशन दिएको छ ।
मंगलबार सबै बिद्यालयमा पत्र पठाईएपछि बुधबार शैक्षिक संस्थाहरु बन्द भएका छन । मोरङ, सुनसरी र झापाका अधिकांश बिद्यालय बुधबार बन्द भएको बिद्यालय सञ्चालकहरुले जानकारी दिएका छन । बिद्यालय खोल्दा सुरक्षाको प्रत्याभुति नहुने देखेपछि बिद्यालय बन्द गर्न बाध्य भएको एक बिद्यालय सञ्चालकले बताए ।
Comments