बिराटनगर ,फाल्गुन १७
पतंजली योग समिति को इतिहासमा पहिलो पटक काठमान्डूमा राष्ट्रिय योग प्रतियोगिता भएको छ ।
राष्ट्रिय योग अन्तर योग प्रतियोगितामा ”योग गान ” मा प्रथम स्थान साधक हरिभक्त बुढाथोकी र ” योग गित ” मा प्रथम स्थान साधिका रुबी पाण्डेले प्राप्त गर्नु भएको हो ।
प्रथम स्थान प्राप्त गर्ने साधक र साधिका लाई पतंजली योग समितिका योग आचार्य बालकृष्ण आचार्यले आफ्नो हात बाट सम्मान पत्र प्रदान गर्नुभएको थियो ।
उक्त गानको बोल ” सर्वे स्वर योग सिर्जना पतंजली ऋषिको सुत्र साधना ” रहेको छ, भने गीतको बोल ” आऊ साथि आऊ सबै मिलि योग गरौ स्वस्ठ रहौ निरोगी बनौ ,योग हाम्रो पहिचान हो ,योग हाम्रो स्वाभिमान हो ” रहेको छ ।
गित मा संगीत सक्ति बल्लव ,स्वर सुमित खड्का ,एरेन्जर मनोहर सुनाम ,रेकर्डिङ्ग भोला पौडेल ले गर्नुभएको छ।
Comments