धरानमा जुत्ता मेला सुरु,१५ देखि ६० प्रतिशत सम्मको बिषेश छुट

धरान
धरानको चतारा लाईनमा जुत्ता चप्पल मेला सुरु भएको छ । सुनसरी उद्योग बाँणिज्य संघ र फुटवेयर म्यानिफक्सर एसोसिएसनको संयूक्त आयोजनामा हुने जुत्ता चप्पल मेलामा १५ देखि ६० प्रतिशत सम्मको बिषेश छुटको ब्यवस्था गरेको आयोजक पक्ष्यले जनाएको छ ।केहिसमय यता प्रदेश एकमा जुक्त चप्पाल मेलाले प्राथमिकता पाइरहेको बेला धरानमा भने पहिलो पटक जुत्ता चप्पल मेलाको आयोजना भएको हो । यस जुत्ता चप्पल मेलाले भोजपुर संखुवासभा हिले धनकुटा बसन्तपुर तेह्रथुम धरान इटहरीका मानिसहरुले प्रत्यक्ष सस्तोमा जुत्ता चप्पल खरीद गर्ने अवसर पाउने छ । जुत्ता मेलामा एक सय देखि सात हजार सम्मका जुत्ता चप्पल हरु राखिएको छ भने नेपालका जुत्ता चप्पाल उत्पादन गर्ने उत्कृष्ट कम्पनी हरु सिखर, ल्यण्डवाक, हाइलाईफ, सुल्याण्ड, रन, क्रससोड, कोशेली, गोल्डस्टार, बिएफ डियरहिल लगायतका ब्राण्ड हरुको सहभागीता रहेको छ । २१ दिन लाग्ने जुत्ता मेला बिहान नौ बजे देखि साँझ ७ बजे सम्म रहने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *