सुन्दरहरैचामा करेन्ट लागेर एक जनाको मृत्यु

फागुन १८, बिराटनगर / मोरङको सुन्दरहरैचा नगरपालिका-४ का ४० बर्षीय राजु बि.क.को करेन्ट लागेर मृत्यु भएको छ । शनिवार दिउँसो ४ बजे घर नजिकै रहेको पैनीमा करेन्ट लगाई माछा मार्ने क्रममा अचानक आफ्नै शरिरमा करेन्ट लाग्दा घाईते भएका बि.क.को उपचारको क्रममा धरान स्थित बि.पी. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपामा साँझ ५ बजे मृत्यु भएको हो । घटनास्थलमा ईलाका प्रहरी कार्यालय बेलवारीबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *