मौसम पूर्वानुमानः वर्षाको सम्भावना

फागुन १९, बिराटनगर/मौसम पूर्वानुमान महाशाखाले हाल देशको पश्चिमी क्षेत्रमा पश्चिमी वायुको प्रभाव रहेको जानकारी दिएको छ । महाशाखाले देशको पहाडी क्षेत्रमा आंशिक बदली भइरहेको र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जनाएको छ ।

सोमबार महाशाखाले जारी गरेको पूर्वानुमानका अनुसार दिउँसो देशको पूर्वी भू–भागमा आंशिक र सामान्य बदली हुने साथै मध्य र पश्चिमी भू–भागमा आंशिक बदली रहनेछ ।

पूर्व र मध्यका थोरै स्थानहरुमा र पश्चिमी पहाडका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको पनि पूर्वानुमानमा उल्लेख छ ।

यसैगरी, रातिमा भने देशको पूर्वी क्षेत्रमा आंशिक र सामान्य बदली हुने र मध्य र पश्चिमी पहाडी भूभागमा आंशिक बदली हुनेछ । साथै, पूर्व पहाडी क्षेत्रमा र एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *