गहना पसलबाट ९ सय ग्राम सुनसहित ८५ लाख बराबरको धनमाल चोरी

फागुन १९, बिराटनगर । राजधानीको लाजिम्पाटमा एउटा ज्वेलरी पसलमा ८५ लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । दीलिपकुमार श्रेष्ठले सञ्चालन गरेको पर्बी ज्वेलरर्सबाट आइतबार राति २ देखि ३ः१० बजेका बीचमा चोरी भएको महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रवक्तासमेत रहेका एसएसपी श्यामलाल ज्ञवालीले रातोपाटीलाई जानकारी दिए ।

प्रहरीका अनुसार ज्वेलरी सञ्चालकले करिब ९०० ग्राम सुन र केही किलो चाँदी चोरी भएको जनाएका छन् । यसैगरी दुई लाख ४५ हजार रुपैयाँ नगदसमेत चोरी भएको बताइएको छ ।

‘कुल ८५ लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको भनिएको छ,’ महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होविन्द्र बोगटीले भने, ‘हामीले प्राथमिकताका साथ अनुसन्धान गरिरहेका छौँ ।उनले सिसिटिभी फुटेजसमेत प्राप्त भएको र अनुसन्धान जारी रहेको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *