आजको मौसम: वर्षाको सम्भावना

फागुन २०, बिराटनगर /मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुको प्रभाव रहेको छ । भने अहिले देशभरीको मौसम सामान्यतया सफा रहेको छ ।
महाशाखाका अनुसार मंगलबार दिउँसो देशको पूर्वी र मध्य पहाडी भू–भागमा आंशिक र सामान्य बदली हुनेछ । पश्चिमी पहाडी भू–भागमा पनि आंशिक बदली हुनेछ ।

यसैगरी, तराईमा भने मौसम सामान्यतया सफा रहनेछ । मध्य र पूर्वी पहाडी भूभागका केही स्थानहरुमा र पश्चिमी पहाडी भूभागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।

राति भने देशको पूर्वी तथा मध्यपहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी पहाडी भू–भाग आंशिक बदली रहनेछ।

तराई भू–भाग सामान्यतय सफा रहने छ । मध्य तथा पूर्वी पहाडी भू(भागका एक दुई स्थानमा मेघ गर्जनरचट्याङ सहित वर्षाको सम्भावना रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *