युनाइटेडले बराबरी खेल्दा टोट्टनहाम पराजित

फागुन २०, बिराटनगर/ इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिदा टोट्टनहाम वुल्भ्ससँग पराजित भएको छ । आइतबार राति भएको खेलमा युनाइटेड एभर्टनसँग १–१ गोलको बराबरीमा रोकिएको हो । अर्को खेलमा टोट्टनहाम वुल्भ्ससँग ३–२ गोलले पराजित भयो ।

यनाइटेड र एभर्टनबीचको प्रतिस्पर्धात्मक खेलमा सुरुवाती अग्रता एभर्टनले लिएको थियो । एभर्टनका डोमिनिक कलभर्ट लेविनले खेलको तेस्रो मिनेटमा गोल गर्दै घरेलु टोलीको आशा जगाए । ३१औं मिनेटमा ब्रुनो फनान्डेजले बराबरी गोल फर्काएका थिए । त्यसपछि थप गोल नहुँदा दुवै टोलीले एक एक अंक बाँडे । बराबरीसँगै युनाइटेडले २८ खेलबाट ४२ अंक बनाएको छ । युनाइटेड पाँचौ स्थानमा छ । ३७ अंक बनाएको एभर्टन ११औं स्थानमा छ ।

अर्काे खेलमा घरेलु मैदानमा दुई पटक अग्रता लिएर पनि टोट्टनहामले हार खेपेको थियो । टोट्टनहामका स्टेभेन वर्गविजिनले १३औं र सर्जी औरिएरले ४५औं मिनेटमा गोल गरेका थिए । वुल्भ्सका माट दोहर्थीले २७औं, डिएगो जोटाले ५७औं र राहुल जिमिनेजले ७३औँ मिनेटमा गोल गरेका थिए । जितसँगै ४२ अंक बनाएको वुल्भ्स छैटौ स्थानमा उक्लिएको छ । ४० अंक बनाएको टोट्टनहाम सातौ स्थानमा झरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *