धुर्मुस र सुन्तली को अभिनय निर्माण रहेको ‘सेन्टी भाइरस’ले राम्रो व्यवसाय गर्न सफल

बिराटनगर । सिताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’को अभिनय निर्माण रहेको फिल्म ‘सेन्टी भाइरस’ले राम्रो व्यवसाय गर्न सफल भएको छ । निर्माण युनिटले आइतबार साँझ एक कार्यक्रम गर्दै फिल्मले अहिलेसम्म ४ करोड माथि कमाएको जानकारी दियो ।

कार्यक्रममा राजधानीका वितरक गोविन्द शाहीले फिल्मको ९ दिनसम्मको कमाई देशभर गरि ४ करोड ८ लाख ग्रस रहेको बताए । उनले राजधानीमा मात्रै २ करोड १० लाख ३ हजार ब्यवसाय गर्न सफल भएको दाबी गरे ।
विगत ६ महिनायता हलमा दर्शक घट्दो रहेको सन्दर्भमा फिल्मले भने ठूलो आशा जगाएको बितरक शाहीको भनाई रहेको थियो ।

रामबाबु गुरुङको निर्देशन रहेको फिल्म ‘सेन्टी भाइरस’ प्रदर्शनको दुई दिन अर्थात शुक्रबार र शनिबार देशभरका हलमा हाउसफुलको ब्यवसाय गर्न सफल रहेको थियो ।

कार्यक्रममा निर्माता समेत रहेका कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ले भरतपुरमा निर्माणाधीन क्रिकेट रंगशाला निर्माण अभियानमा सघाउन पनि दर्शक फिल्म हलमा आएको धारण राखे । उनले फिल्मको आम्दानीको ५० प्रतिशत क्रिकेट रंगशालामा खर्चिने वाचा कार्यक्रममा पुन दोहोर्याएका थिए ।

डिजिटल राइट्स र ओभरसिज राइट्स मिलाएर फिल्ममा लगानी भएको २ करोड ८५ लाख उठिसकेको जानकारी सितारामले दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *