प्रेमीप्रेमिकाले सप्तकोशीमा हामफालेर आत्महत्या

फागुन २०, बिराटनगर । सुनसरीका एक युवक र युवतीले सप्तकोशी नदीमा हाम्फालेका छन् । आइतबार दिउँसो देखि बेपत्ता भएका सुनसरीको बराहक्षेत्र नगरपालिका– ७ बस्ने १५ वर्षीय किशोरी मौसम बर्देवा र सोही वडाका १९ वर्षीय पारश लिम्बुले सप्तकोशी नदीमा हाम्फालेका हुन् ।

मोबाइल र चप्पल कोशी किनारमा छाडेर हाम्फालेका दुबैको शव छुट्टा छुट्टै स्थानमा भेटिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी विनोद शर्माले जानकारी दिए । उनका अनुसार लिम्बु र बर्देवाबीच प्रेम सम्बन्ध थियो । सोमबार दिउँसो किशोरीको शव भेटिएको स्थानबाट करिब ५ सय मिटरको दुरीमा युवकको पनि शव भेटिएको हो । बराहक्षेत्र नगरपालिका – ७ देवीघाट बस्ने बर्देवा र सोही वडाको सोमबारे बस्ने लिम्बुले आइतबार नै सप्तकोशीमा हाम्फालेको देखिएको डिएसपी शर्माले बताए ।

सोमबार नदी किनारमा स्थानीयले किशोरीको शव भेटिएपछि प्रहरीलाई खबर गरेका थिए । खोजी गर्ने क्रममा प्रहरीले दुई जोर चप्पल र दुईवटा मोबाइल फेला पारेको थियो । प्रहरी स्रोतका अनुसार समाजले स्वीकार नगर्ने डरले कोशीमा हाम्फालेको हुन सक्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *