चेल्सी एफए कप फुटबलको क्वार्टरफाइनलमा प्रवेश

फागुन २१, बिराटनगर/चेल्सी एफए कप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा मंगलबार राति भएको खेलमा चेल्सीले लिभरपुलाई २–० गोलले हरायो । चेल्सीको जीतमा विलियान र रोज बार्कलीले गोल गरे ।
लिभरपुलको यो लगातार दोस्रो हार हो । यसअघि लिभरपुल प्रिमियर लिगको वाटफोर्डसँग ३–० गोलले पराजित भएको थियो ।

१३औं मिनेटमा विलियनले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए । विलियानको डिबक्स बाहिरको प्रहार सोझै गोलमा परिणत भएको थियो । त्यसपछि ६४औं मिनेटमा रोज बार्कलीले गोल गर्दै चेल्सीको अग्रता दोब्बर बनाए । लिभरपुलको अन्तिमसम्म गोल फर्काउने प्रयास सफल नबन्दा हार खेप्न बाध्य बन्यो ।

अर्काे खेलमा सेफिल्ड युनाइटेडले रिडिङलाई अतिरिक्त समयमा २–१ गोलले हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरेको छ । अर्काे खेलमा न्युक्यासलले वेस्ट ब्रोमलाई ३–२ गोलले हराउँदै अन्तिम आठमा स्थान बनायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *