मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओलीअपरेसन थिएटरमा

२१ फागुन,बिराटनगर । मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई अपरेसन थिएटरमा लगिएको छ । त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. प्रेमकृष्ण खड्काले अस्पताल परिसरमा भेला भएका पत्रकारहरुलाई यो जानकारी दिएका हुन् ।

प्रधानमन्त्री ओलीको दोस्रो पटक मिर्गाैला प्रत्यारोपणका लागि प्रा. डा. प्रेमराज ज्ञवाली नेतृत्वको चिकित्सक टोली खटिएको छ ।मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली र मिर्गौला दान दिने उनकी भान्जी दुवै सोमबार नै अस्पताल भर्ना भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *