बहु-प्रतिक्षित ‘प्रेम गीत-३’ टिजर रिलिज : प्रदिप र मनिषको युद्ध, अटिनन गीत अर्थात कृष्टिना (टिजर सहित)

ईटहरी/ निर्माण अगावैदेखि स्टारकास्टका कारण चर्चामा रहेको चलचित्र ‘प्रेमगीत ३’ को फर्स्ट टिजर सार्वजनिक भएको छ । सार्बजनिक टिजरमा प्रदीप खड्का, सुनिल थापा, सिब श्रेष्ठ, पुस्कर कार्की आदि कलाकारलाई देखाइएको छ । टिजरमा मनिष राउत र प्रदीप खड्काको युद्दलाई हेर्न सकिन्छ भने चलचित्र ‘प्रेमगीत ३’मा प्रदीप, क्रिस्टिना, अनुभव र सम्वृद्धिका अलावा शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, योगिशा खत्री, क्रिजन गौतम, जीवन भट्टराईलगायतका कलाकारको पनि अभिनय छ । चलचित्रले डेढ सय वर्ष अगाडिको प्रेमकथा भन्छ । चलचित्रलाई छेतेन गुरुङ र सन्तोष सेनले मिलेर निर्देशन गरेका हुन् । टिजर हेर्नुस :

Leave a Reply

Your email address will not be published. Required fields are marked *