ब्राजिलियन लिजेन्ड्री खेलाडी रोनाल्डो नक्कली पासपोर्ट प्रयोग गरेको आरोपमा पाराग्वेबाट पक्राउ परेका हुन्। सन् २००२ मा ब्राजिलले विश्वकप जित्दा महत्वपूर्ण खेलाडीका रुपमा रहेका ३९ वर्षीय रोन्हाल्डिनो बुधबार उनका दाइ ४९ वर्षीय रोबर्टो सहित पक्राउ परेका हुन्। उनले प्रयोग गरेको नक्कली पासपोर्ट पाराग्वेको रहेको छ।
‘रोनाल्डिनोले नक्कली पासपोर्ट प्रयोग गरेका थिए। र, यो अपराध हो। त्यसैले हामीले उनलाई गिरफ्तार गरेका हौं,’ पाराग्वेका इन्टेरियर मिनिस्टर इयुक्लिडेस एचिभेटोले भनेका छन्, ‘खेलकुदको लोकप्रियताका हिसाबले म उनलाई सम्मान गर्छु तर कानुनका हिसाबले जो भए पनि बराबरी हुन्छ।’
एचिभेटोले रोन्हाल्डिनोका बारेमा थप अध्ययन भइरहेको बताएका छन्। उनीहरु बुधबार बिहान पाराग्वे पुगेको बताइएको छ।रोन्हाल्डिनोको पासपोर्टकै बारेमा पनि यो पहिलो लफडा भने होइन। सन् २०१५ मा पनि ब्राजिल उनको कागजात र अदालती प्रकृयालाई लिएर विवाद भएको थियो।
नक्कली पासपोर्ट प्रयोगको आरोपमा रोनाल्डिनो पक्राउ को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।
नयाँ प्रतिक्रिया पोस्ट गर्नुस
Comments