लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ

फागुन २२, बिराटनगर / झापाबाट लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन् । अर्जुनधारा-११ का २३ बर्षीय समिर माझी र २२ बर्षीय सुरज माझी लागुऔषध ब्राउनसुगर सहित पक्राउ परेका हुन् । बुधवार अपरान्ह पौने ५ बजे भारतिय बजार पानीटंकीबाट काँकडभिट्टा सिमा एरिया तर्फ आईरहेका दुबै जनालाई नियन्त्रणमा लिई चेकजाचँ गर्ने क्रममा उनिहरुको साथबाट ४.५ ग्राम ब्राउनसुगर फेला पारी बरामद गरिएको ईलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।

पक्राउ परेका दुबै जनालाइ ईलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखी थप अनुसन्धान भईरहेको प्रहरी नायव उपरीक्षक सुमन कुमार तिम्सिना जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *