नेपाल र सिंगापुरबीचको खेल रद्द

फागुन २३, बिराटनगर । थाइल्यान्डमा जारी एसीसी इस्टर्न रिजन टी–२० कप अन्तर्गत नेपाल र सिंगापुरबीचको खेल रद्द भएको छ । बिहिबार रातभर परेको पानीले मैदान हिलो भएको कारण शुक्रबार बिहानको खेल रद्द गरिएको हो ।

यसअघिनै प्रतियोगिताबाट बाहिरिएको नेपालका लागि सिंगापुरसँगको खेल प्रतिष्ठाको लडाइँ थियो । चार खेलमा दुई हार, एक जित र एक खेल रद्द भएपछि नेपाल चौथो स्थानमा रहँदै प्रतियोगिातबाट बाहिरिएको हो ।

सिंगापुरले भने इस्टर्न रिजनको उपाधि जितेको छ । नेपालसँगको खेल रद्द भएपनि सिंगापुर विजेता बन्दै एसिया कपमा छनोट भएको छ ।

आजै अन्तिम खेलमा हङकङ र मलेसिया भिड्दै छन् । यी दुई टोलीबीचको विजेता टोली दोस्रो बन्दै एसिया क

Leave a Reply

Your email address will not be published. Required fields are marked *