टिपर को ठकर बाट एकको मृत्यु

बिराटनगर । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको लामीडाँडामा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा मोटरसाइकलमा सवार तानसेन नगरपालिका–७ म्यालधाराकी ५५ वर्षीया मधु श्रेष्ठ रहेकी छन् । घाइते हुनेमा सोही ठाउँका मोटरसाइकल चालक ६२ वर्षीय हिमालप्रसाद श्रेष्ठ रहेका छन् । मृतक मधु घाइते हिमालको श्रीमाती रहेको प्रहरीले जनाएको छ ।

लु.२ ख ३१७८ नम्बरको टिपरले लु.७ प ४३४ नम्बरको मोटरसाइकललाई शुक्रबार बिहान तानसेन नगरपालिका७ लामीडाँडास्थित सिद्धार्थ राजमार्गमा ठक्कर दिँदा दुबै जना घाइते भएका थिए ।उपचारका लागि पाल्पास्थित लुम्बिनी मेडिकल कलेज प्रभाष लैजाने क्रममा मधुको बाटोमानै मृत्यु भएको प्रहरीले जनाएको छ । हिमालको भने सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
टिपर चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *