विराटनगर ८ हाटखोलास्थित आज शुक्रबारदेखि आर.के. सिटी सेन्टर सञ्चालनमा आएको छ । विराटनगरको आरके चिल्ड्रेन अस्पतालका सञ्चालक डा. सुवोध शर्मा र सुनिल शर्माको करिब ७० करोड लगानीमा निर्माण भएको आधुनिक सुविधासहितको सेन्टर शुक्रबारबाट सञ्चालनमा आएको हो ।
अत्याधुनिक सुविधा सम्पन्न ८ तले भवनमा आर.के. सिटी सेन्टर संचालनमा आएको हो । साढे ३ कट्ठा क्षेत्रफलमा उक्त भवन निर्माण भएको हो । आरके सिटी सेन्टर सञ्चालनको अवसर पारेर एक महिनासम्म विभिन्न सामाग्रीमा छुट योजना ल्याएको छ । सेन्टरका महाप्रवन्धक प्रसाइको अनुसार घर सजावटको समाग्री खरिदमा उपभोक्तालाई १५ प्रतिसत छुट योजना रहेको छ । यस्तै फनिर्चरको सामानमा १५ प्रतिशत, लत्ताकपडाको खरिदमा १५ प्रतिशत छुट रहेको छ । यसैगरि ६ हजार देखि ९ हजार ९ सय ९९ रुपैयाँसम्मको लत्ताकपडा खरिदमा थप १ हजार रुपैयाँ छुट योजना रहेको छ । १० हजारदेखि १९ हजार ९ सय ९९ रुपैयाँको कपडा खरिदमा २ हजार र २० हजार भन्दा माथिको लत्ताकपडा खरिदमा ५ हजार रुपैयाँ छुट योजना अगाडी सारेको प्रसाइले बताए ।सिटी सेन्टरमा दैनिक उपभोग्य सामाग्रीसहित इलेक्ट्रोनिक्स, लताकपडालगायत सामाग्री राखिनेछन् । करिब डेढ वर्षमा निर्माण भएको सेन्टरमा अत्याधुनिक मल्टिप्लेक्स, रुफ टप स्विमिङ पुल, रुफ टप स्काई बार, जिम हल, जुम्बा, बालबालिकाका लागि प्ले जोनलगायत सुविधा छन् ।भवनको फिनिसिङका काम पुरा भएकोले औपचारीक रूपमा उद्घाटन गरि सञ्चालनमा आएको सेन्टरका महाप्रवन्धक राजेश प्रसाइले जानकारी दिए ।
आधुनिक लिफ्ट राखिएको सेन्टरले उपभोक्ताहरुको आवश्यकतालाई पूर्ती गर्ने विश्वास लिइएको महाप्रवन्धक प्रसाईले बताए ।
Comments