स्वर का धनि खड्का को होलि गित सार्वजनिक ( भिडियो सहित )

बिराटनगर,फाल्गुन २३
गायक सुमित खड्का को स्वर मा सजिएको होलि को गित आज सेसु इण्टर्टेन्मेण्ट नामक युटुब च्यानल बाट सार्वजनिक भएको छ ।

राष्ट्रिय गायक को रुपमा चिनिने गायक सुमित खड्का होलीको अवसरलाई लक्षीत गरी निर्माण गरीएको – आयो रे आयोरे होलि आयो रे बोलको गित सार्वजनिक भएको हो ।

निर्देशक प्रतिक श्रेष्ठले निर्देशन गरेको उक्त होलीको गितमा मुख्य भुमिकामा संचारकर्मी हुसैन सेख र काब्या ठटाल देखिएका छन् ।
संचारकर्मी सेख पत्रकारिता अलावा मोड्लिङ्ग को क्षेत्र मा पनि हुमिएका छन् ।

दर्सकहरुको माया ममता स्नेह पाए सेख अझ राम्रो आफ्नो प्रस्तुति यो क्षेत्र मा ल्याउने प्रतिबद्दता प्रदेश वन अनलाइन टिभी लाइ जनाएको छ ।
पत्रकारिता मोड्लिङ्ग दुवै सेख का लागि एक सिक्का का दुइ पाटा हुन् र दुवै लाइ समान निरन्तरता दिदै अगाडी बढ्छु भन्दै ,विदेश तथा स्वदेश मा रहनुभएका सम्पूर्ण नेपालि हरुलाई होलीको सुभकामना ब्यक्त गरेका छन ।

सुमित खड्काको स्वर तथा संगित रहेको उक्त गितमा सुनिता घिमिरे को सब्द रहेको छ भने एरेन्ज सुरज श्रेष्ठले गरेका हुन् ।

देश भक्ती गित लाई पहिलो प्रथमिकतामा राख्दै आएका गायक खड्का को उक्त गित भने गितको दष्य किंग्स् मोसन पिक्चर बिराटनगरमा सम्पादन गरिएको छ ।

भिडियो :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *