अन्तराष्ट्रिय खुल्ला स्नुकर प्रतियोगीता हुने

विराटनगर–बिराटनगरमा अन्तराष्ट्रिय खुल्ला स्नुकर प्रतियोगीता हुने भएको छ । फष्ट व्रेक स्नुकर क्लवले चैत्र २ गते बाट बिराटनगरमा आयोजना गर्न लागेको स्कुनकर प्रतियोगीतामा भारत बाटर समेत खेलाडिहरु आउने फष्ट बे्रक स्नुकर का अध्यक्ष नारायण श्रेष्ठ ले बताए । बिराटनगरमा आयोजीत पत्रकारसम्मेलनमा बोल्दै श्रेष्ठले १० दिन सम्म चल्ने प्रतियोगितामा नेपाल र भारतका गरि १ सय २८ जना खेलाडि सभागि रहने बताएका हुन् ।

अध्यक्ष श्रेष्ठका अनुसार ३० लाख खर्च हुने अनुमान गरिएको प्रतियोगिताको विजेताले १ लाख ८० हजार तथा ट्रफि प्रदान गरिने बताए ।

दोस्रो हुने खेलाडिले ८० हजार तथा सेमिफाइनबाट बाहिरिने खेलाडिलाई जनही २५ हजारसहित आकर्षक पुरस्कार दिइने सचिव निमेश बस्नेतले बताए । प्रतियोगितामा उत्कृष्ट हुने खेलाडिलाई नगद १५ हजार, प्रतियोगिताभर १ सय भन्दा बढी स्कोर गर्ने १ जना खेलाडिलाई नगद ३० हजार तथा ७० भन्दा बढी स्कोर गर्ने १ जना खेलाडिलाई नगद १५ हजार दिइने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *