चीनमा कोरोनाभाइरस सङ्क्रमित मानिसका क्वारन्टीनमा राखिएको होटल भत्कियो, १० जनाको मृत्यु

बिराटनगर /दक्षिणी चीनको फुजिएन प्रान्तमा कोरोनाभाइरस सङ्क्रमण भएका व्यक्तिहरूको सम्पर्कमा आएका मानिसलाई क्वारन्टीनमा राख्न प्रयोग गरिएको एउटा होटल भत्किँदा कम्तीमा १० जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। तेइस जना अझै हराइरहेका छन्।

च्वान्जू नगरस्थित उक्त पाँचतले होटल शनिवार साँझ भत्किँदा भग्नावशेषमा ७१ जना फसेका थिए।उनीहरूमध्ये ५८ जना क्वारन्टीनमा राखिएका मानिस भएको बताइएको छ।उद्धारकर्मीहरूले भग्नावशेषमा खोजी हराएका मानिसको खोजी जारी राखेका थिए।भवन भत्किनुको कारण अझै स्पष्ट भएको छैन।उक्त घटना स्थानीय समयानुसार शनिवार अपराह्ण ७:३० बजे भएको थियो।

कोरोनाभाइरस सङ्क्रमण नियन्त्रण गर्ने उद्देश्यले सङ्क्रमित व्यक्तिहरूसँग प्रत्यक्ष सम्पर्कमा आएका तिनका आफन्तलाई त्यहाँ अलग्गै निगरानीमा राखिएको थियो।उक्त होटल सन् २०१८ मा खुलेको र त्यसमा ८० वटा अतिथिकक्ष भएको बताइन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *