दुर्घटनामा एक जनाको मृत्यु , १४ जना घाइते

बाँके : बाँकेको कोहलपुरमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । कोहलपुरको चौरहा चोकमा भे १ ख २१२९ नम्बरको मिनिबस र अटो रिक्सा ठोक्किएर भएको दुर्घटनमा अटोचालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा अटो रिक्सा चालक बाँकेको बैजनाथ गाँउपालिका– २ का ४० जयबहादुर रोक्का रहेका छन् । घाइते यात्रुहरुको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । सम्झना चोकबाट नेपालगञ्ज आउँदै गरेको मिनिबसले चोकमै रोकिराखेको अटोलाई ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनापछि स्थानीयले पूर्वपश्चिम राजमार्ग अबरुद्ध गरेका छन् । मिनिबसको लापरवाहीका कारण अटो रिक्सा चालकको मृत्यु भएको भन्दै स्थानीयले राजमार्ग अबरुद्ध गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *