सुनको मूल्य तोलामा ८०० रुपैयाँले घट्यो

बिराटनगर । बिहीबार सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको छ । बुधबार तोलामा ८२ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार रु ८०० घटेर तोलामा ८१ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुन तोलामा ८१ हजार २०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । यस्तै चाँदी तोलामा रु २० रुपैयाँले घटेको छ । बुधबार तोलामा ८८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबार घटेर ८६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *