कोरोनाको असर इंग्लिस प्रिमियर लिगमा पनि

कोरोनाभाइरसको असर इंग्लिस प्रिमियर लिगमा पनि परेको छ।भाइरसको संक्रमणको खतरालाई मध्यनगर गर्दै बुधबारका लागि तय गरिएको डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटी र आर्सनलबीचको खेल स्थगित गरिएको छ।

सिटीको मैदानमा हुने खेल स्थगित गरिएको हो। यसअघि आर्सनलले दुई साताअघि ग्रिक क्लब ओलम्पियाकोससँग घरेलु मैदानमा युरोपा लिग खेलेको थियो।

खेलका दौरान ओलम्पियाकोसका अध्यक्ष इभागेलोस मारिनकिसले दुवै टिमका खेलाडी र अफिसियलसँग भेटेको थिए। पछि मारिनकिसलाई कोरोनाको संक्रमण भएको सार्वजनिक भएको थियो। जसका कारण आर्सनलका केहि खेलाडी आफै आइसोलेसनमा बसेका थिए।

कोरोनाकै डरका कारण अहिले सिटी र आर्सनलबीचको खेल स्थगित गरिएको हो। यता ओलम्पियाकोस र वुल्भ्सबीच बिहीबार ग्रिसमा हुने युरोपा लिगको खेल पनि स्थगित हुने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *