बिराटनगर / बाँकेको नेपालगञ्ज–कोहलपुर सडकखण्डमा बस र अटोरिक्सा एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । भे १ ख २१२९ नम्बरको बस र अटो आज बिहान कोहलपुरको ट्राफिक प्रहरी कार्यालय अगाडि ठोक्किँदा अटो चालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । मृतकको नाम र ठेगाना अभैm खुल्न नसकेको प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिनुभयो । दुर्घटनामा घाइते दुईको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ र बसका चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
बस र अटोरिक्सा एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु

अन्य सामग्री

सात जनाभारतको सीतामढीस्थित रेल्वे स्टेशनबाट उद्धार
महोत्तरी : महोत्तरीको भङ्गाहा नगरपालिका–८ धर्मपुरमा हराइरहेका बालिका र किशोरीसहित सात जना बुधबार फेला परेका छन् । सातै जनालाई भारतको सीतामढीस्थित रेल्वे स्टेशनबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय ...

जी.पी कोइराला फाउण्डेसनको कार्यसमीती अध्यक्ष्यमा जोशी मनोनित ।
चैत्र ८ गते,विराटनगर – लामो समय देखि नेपाली काँग्रेसको भात्रीय संस्था तरुण दल हुँदै हाल नेपाली काँग्रेसका नगर उपसभापती समेत रहेका प्रवीण जोशी, जी.पी कोइराला फाउण्डेसन विराटनगर महानगरको अध्यक्षमा मनोनि...

पिकअपको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु ।
फागुन ६ गते,सुनसरी – सुनसरी रामधुनी ३ बस्ने २२ बर्षीय सुरज चौधरीको मोटरसाईकल दुर्घटनाबाट मृत्यु भएको छ । बुधबार राती पौने १० बजे रामधुनी राजमार्ग स्थितमा को २ च ३३१२ नम्बरको पिकअप भेनले को ३१ प ३१४७ ...
Comments