चीन भन्छ : कोभिड– १९ महामारीकाे उत्कर्ष सकियाे

बिराटनगर /चीनमा नोबल कोरोनाभाइरस रोग (कोभिड–१९) महामारीको उत्कर्ष सकिएको चीनको राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ता मी फेङले बताएका छन् ।अर्थात् अब चीनमा कोभिड–१९ को महामारी ओरोलो लाग्न थालेको छ ।

फेङले बेइजिङमा बिहीबार आयोजत पत्रकार सम्मेलनमा बताएअनुसार, अहिले चीनमा संक्रतिको संख्या घट्दै गइरहेको छ र समग्रमा महामारीको अवस्था न्यून रहेको छ ।
नोबोल कोरोनाभाइरसको केन्द्रबिन्दू हुवेई प्रान्तको ऊहानमा नै संक्रमितको संख्या १ अंकमा झरेको र गत बुधबार आठ जनामा मात्रै संक्रमण देखिएको पनि उनले बताए ।

हुवेई बाहिर पनि चीनको मुख्य भूमिमा सात जनामा मात्रै नयाँ संक्रमण देखिएको थियो । संक्रमितमध्ये पनि सात जना त विदेशयात्राबाट आएकाहरु थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *