पेस्तोल सहित तीन जना भारतीय नागरिक पक्राउ: मोरङ

मोरङ : मोरङको सुनवर्सिबाट कटुवा पेस्तोल सहित तीन जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत अररिया धर्मगन्ञका अजयकुमार मण्डल, आनन्द मंन्डल र राकेशकुमार मण्डल रहेका छन् ।

मोरङकोे सुनवर्सि नगरपालिका ८ हर्चनगडिस्थित एक होटलमा मदिरा सेवन गरिरहेको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुको साथबाट कटुवा पेस्तोल त्यसमा लाग्ने गोली र एउटा पल्सर मोटरसाइकल समेत बरामद भएको छ । पक्राउ पर्नेहरुमाथि थप अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *