बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मोटरसाइक चोरीका घट्नामा बृद्धि

बिराटनगर / बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मोटरसाइक चोरीका घट्नामा बृद्धि हुदै गएको छ । विगतदेखि नै मोवाइल, विरामीका पैसा चोरी हुने प्रतिष्ठानमा केही समयदेखि प्रतिष्ठानभित्र चाबी लगाएर पार्किङमा राखेका मोाटरसाइकल समेत हराउन थालेका छन् ।

१८ दिन अगाडि उदयपुरका एक विरामीको प्रतिष्ठानको परिसरभित्र पार्किङमा राखेको मोटरसाइकल हरायो । स १० प ५१८५ नम्बरको पार्किङमा राखेको मोटरसाइकल १४ गते विहान ४ बजे हेर्दा थिएन । चोरी भएपछि सम्बन्धिन्त ठाउमा हराएको जानकारी त गराउनु भयो अहिलेसम्म चोरी भएको मोटरसाइकल फेला नपरेको मोटरसाइकल धनी प्रदीप चौलागाइले पत्रकार सम्मेलनको आयोजना गरी नै बीपीको लापारबाहीका विषयमा बताउनुभयो ।

यस सम्बन्धमा प्रतिष्ठानको स्म्पूर्ण सुरक्षाको जिम्मेवारी लिइएको भिआइपी सेक्युरेटिी सर्भिसका निर्देशक टेक लोहनीले भने विरामी तथा विरामीका आफन्तले आफूले पार्किङका रुपमा लिइएको स्थानमा पार्किङ नगरी जथाभावि पार्किङ गर्दा यस्तो समस्या आएको बताउनुभयो । प्रतिष्ठानको सुरक्षाको जिम्मा लिएको १५दिनमात्र भएको बताउने उहाले अहिले प्रतिष्ठानका चिकित्सक, विरामी तथा विरामीका आफन्तकमा लागि छुट्टाछुछट्टै स्थानमा पार्किङ गर्ने र पार्किङ गरिसकेपछि टोकनको व्यवस्था गरेको बताउदै जथाभावि पार्किङ गर्नेको आफूहरु जिम्मेवारी नहुने बताउनुभयो ।

प्रतिष्ठानभित्र चोरीका घट्ना बढेपछि धरान प्रहरीले पनि त्यसमा चासो दिदै सक्रियता बढाएको छ । चासो देखाउने क्रममा प्रतिष्ठानले चोरी हुन लागेका र चोरी भएका धेरै मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई बुझाउने र चोरीमा संलग्नलाई कारबाही गरेको इलाका प्रहरी कार्यालय धरानकमा प्रमुख डिएसपी ढुण्डीराज न्यौपानेले बताउनुभयो ।

विरामीका आफन्तले राखेका मोटरसाइकल मात्र हैन प्रतिष्ठानभित्रैका चिकित्सकको समेत मोटरसाइकल सुरक्षित हदैन । फागुन ११ गते प्रतिष्ठानका चिकित्स दिपेन्द्र शर्माको गाइनो वार्डबाट ग १२ प १९७९ नम्बरको स्कुटी लगत्तै फागुन १६ गते सोही वार्डबाट अर्को को ४ प २५७६ नम्बरको मोटसाइकल समेत चोरी भएको थियो , यतिमात्र हैन प्रहरीले केही समय अगाडि अर्थात माघ ८ गते प्रतिष्ठानहाताभित्रै राखिएको को १७ प २८६१ प्रतिष्ठानकै गाइनो वार्डमा कार्यरत डा.जितेश ठाकुरको मोटरसाइकल चोरी भएपछि धरान प्रहरीले मोटरसाइकल चोरीमा संलग्न दुई जनालाई प्रक्राउ ग¥यो । धरान १५ का हितेश भनिने रितेश सु्ब्बा र धरान ८ कान ठाडे भनिने पवन विश्वकर्मालाई प्रक्राउ गरी कार्बाही गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेलेृ बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *