खोला छेउमा एक ब्यक्ति मृत अवस्थामा फेला

बिराटनगर / पाँचथरको मिक्लाजुङ गाउँपालिका वडा नम्बर ४ स्थित थामथुम खोला छेउको अलैँची बगानमा एक ब्यक्ति मृत अवस्थामा फेला परेका छन् ।
अन्दाजी ५० वर्षको मधेशी मुलको जस्तो अनुहार देखिने उक्त ब्यक्ति मृत अवस्थामा फेलामा परेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

अहिले सम्म मृतकको पहिचान हुन नसकिएको हुँदा उक्त मानिस हराएको भए जिल्ला प्रहरी कार्यालय पाँचथरमा सम्पर्क गर्न अनुरोध गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक सिद्धराज न्यौपानेले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *