सेल्फी खिच्ने क्रममा नदीमा खसेर बेपत्ता भएका शर्माको शव फेला

बिराटनगर : सेल्फी खिच्ने क्रममा गत फागुन २४ गते तमोर नदीमा खसेर बेपत्ता भएका नोवेल मेडिकल कलेज विराटनगरमा अध्ययनरत भारतिय नागरिक भिनित शर्माको शव एक सातापछि फेला परेको छ ।

नदीमा मानिस खसेको जानकारी पाए लगतै देखि खोजतलास गर्दै आएको सशस्त्र प्रहरीको टोलीले शर्माको शव फेला पारेको हो ।

सशस्त्र प्रहरी बल नेपाल ६ नम्बर गुल्म छिन्ताङ्ग धनकुटाका सशस्त्र प्रहरी नायव उपरीक्षक सचिन कर्माचार्य सहितको टोलीले खोजी कार्य गर्दै आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *