३६ जनामा देखियो डेंगी, कोरोनासँगै डेंगीबाट पनि सर्तक रहन सरकारको आग्रह

बिराटनगर / गर्मी सुरू भएसँगै डेंगी रोग फैलिएको भन्दै सरकारले सतर्क रहन आग्रह गरेको छ । प्रदेश नम्बर १ मा ६ जना, बागमती प्रदेशमा ९ जना, गण्डकी प्रदेशमा ५ जना, प्रदेश नम्बर ५ मा १४ जना र सुदुरपश्चिम प्रदेशमा २ जनामा डेंगी देखिएको हो। इपिडिमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गत दुई महिनामा देशभर ३६ जनामा डेंगी देखिएको छ । महाशाखाका निर्देशक डाक्टर वासुदेव पाण्डेले भने‘अब सबैले कोरोनासँगै डेंगीसँग पनि सर्तक रहनुपर्छ’

उनले डेंगीबाट बच्च सरसफाइमा ध्यान दिनुपर्ने बताए । पानी जमेको खाल्डाखुल्डी पुर्ने र झुलको प्रयोग गर्न उनले आग्रह गरेका छन्। टेकु सरुवा रोग अस्तपतालका चिकित्सक शेरबहादुर पुन डेंगी अरू भाइरसजस्तो खतरा नभएकोले यसबाट आत्तिहाल्नु पर्ने अवस्था भने नरहेको बताउँछन्। आर्थिक वर्ष २०७५/०७६ मा तीन हजार चार सय जनामा डेंगी संक्रमण देखिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *