कोरोनाको त्रासका कारण कालोबजारी गर्ने व्यवसायीलाई कारबाही कडा कारबाही गर्न माग

बिराटनगर । कोरोनाको त्रासका कारण बजारमा दैनिक उपभोग्य बस्तुको कृतिम अभाव तथा व्यवसायीहरुको मनलाग्दी रोक्न तत्काल सरकारले बजार अनुगमन गर्नुपर्नेमा सांसद देवेन्द्र पौडेलले माग गरेका छन् ।

आइतबार बसेको उद्योग तथा बाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै सांसद पौडेलले बजारमा दैनिक उपभोग्य वस्तु तथा सेवाको कृतिम अभाव हुनुका साथै मूल्य पनि अस्वभाविक वृद्धि भएको भन्ने जनगुनासो रहेको बताए ।

यसलाई मध्यनजर गर्दै सम्बन्धित पक्षले तत्काल बजार अनुगमन गरी कालोबजारी गर्नेलाई कारबाही गरेर सरकारको उपस्थिति देखाउनु पर्ने बताए ।

सरकारले हल्लाका कारण जनमस्तिष्कमा परेको प्रभाव र आक्रान्त परिस्थितिलाई कम गर्न तथा बजारमा हल्ला चले जस्तो उपभोग्य वस्तु तथा सेवाको कुनै अभाव छैन सन्देश दिन सक्नुपर्ने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *