कोरोनाको आशंका गरिएका झापाका व्यक्ति ग्रान्डी अस्पतालमा

बिराटनगर / कोभिड–१९ (कोरोना भाइरस) सङ्क्रमणको आशङ्का गरिएका झापाका एक व्यक्तिलाई उपचारका लागि आज काठमाडौँकाे ग्राण्डी हस्पिटल लगिएको छ । प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाका अनुसार ज्वरो आएर उपचारका लागि विराटनगरको नोवेल मेडिकल हस्पिटल पुगेका भद्रपुर निवासी एक पुरुषलाई प्रारम्भिक जाँचपछि कोरोना भाइरस सङ्क्रमणको आशङ्का गरिएको हो ।

उनका अनुसार चिकित्सकले उपचारका लागि निजलाई काठमाडौँ सिफारिस गरेका छन् । ‘कोरोना भाइरस सङ्क्रमण भएको आशङ्का चिकित्सकहरुले प्रारम्भिक जाँचपछि गर्नुभएको छ’, प्रजिअ रानाले भने, उपचारका लागि डाक्टरकै सिफारिसमा आजै ’ग्राण्डी हस्पिटल लगिएको हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *