बालबालीका क्लिनिकमा उपचार सुरु

बिराटनगर :
बिराटनगर महानगरपालीकामा निर्माणाधिन सडक बाट निस्कने धुलोका कारण बालबालीकाहरुमा रियाक्टिभ वए डिजिज नामक रोग देखा परेको बालबालीका क्लिनीकका बरिष्ठ बालरोग बिषेशज्ञ डाक्टर राजेश यादव ले बताएका छन् । प्रदेश एक अनलाईन टेलिभिजन संग संक्षीप्त कुरा गर्दै उनले बालबालिका लाई सास फेर्न समस्या हुने रोग लाग्ने र पछि गएर दमको बिमारीमा परीवर्तन हुने उनको भनाई छ । त्यस्तै बालबालिकामा पछिल्लो समयमा कावासाकि डिजीजम मास्कोलाइटिज को पनी प्रकोप फेला परेको बताएका छन् ।

बिराटनगरमा बालबालीका बिरामी हुँदा धेरैको बिश्वास जित्न सफल बनेको स्व.डाक्टर बिमल अग्रवालले संञ्चालन गरेको क्लिनिकमा यतिबेला बरिष्ठ बालरोग बिशेषज्ञ राजेश यादवले सेवा दिइरहेको छ ।

बिराटनगरमा बालबालीका बिरामी हुँदा धेरैको बिश्वास जित्न सफल बनेको स्व.डाक्टर बिमल अग्रवालले संञ्चालन गरेको क्लिनिकमा यतिबेला बरिष्ठ बालरोग बिशेषज्ञ राजेश यादवले सेवा दिइरहेको छ ।  उक्त अस्पतालमा यतिबेला सवैभन्दा बढि उपचार सेवा लिनका लागी एलर्जी, दम निमोनिया, झाडापखला, मानसिक रोग, टाइफाइड , इन्फेक्सन जस्ता रोग भएका बालबालीका उपचारार्थ आउने गरेको बताए ।

आगामि केहि बर्षमा बालबालीका क्लिनीक लाई अझै ठुलो बनाएर उपचार सेवा प्रदान गर्ने लक्ष्य भएतापनी अहिले कस्तो सेवा पाउने हो भन्ने दुवीधा जनमासमा रहेको बताए । यस्तो दुवीधाको बावजुतपनी उपचार दिइरहको बालबालीका क्लिनीकमा एक पटक उपचार लिएर हेर्न समेत उनले बिरामि भएका परीवारका सदस्य हरुलाई आग्रह गरेका छन् । बरिष्ठ बालरोग बिशेषज्ञ राजेश यादव स्व.डाक्टर बिमल अग्रवाल संगै धरानको बिपीकेएचएस मा एम. बि. बि. एस गरेका हुने भने चण्डीगढमा संगै एम्डी गरेका डाक्टर हुन् । उनले भने “बिमल डाक्टरसावले जस्तोे उपचार दिनु हुन्थ्यो त्यो उपचार सेवामा मैले दिने उपचार सेवामा पनी कमी हुने छैन ” । उनी चण्डीगढ बाट एम्डी पिजिआई गरेका डाक्टर हुन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *