मलेसियाबाट नेपाल फर्किएका एक जना नेपालीमा कोरोना भाइरस संक्रमण भएको आशंका

विराटनगर / मलेसियाबाट नेपाल फर्किएका एक जना नेपालीमा कोरोना भाइरस संक्रमण भएको आशंका गरिएको छ ।केही दिनअघि मात्र मलेसियाबाट फर्केका ती व्यक्तिलाई रुघा, खोकी र ज्वरोका लक्षण देखिएपछि कोरोना संक्रमण भएको आशंका गरिएको हो । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका– १ का ती बिरामीलाई धनुषाकै रमदैयास्थित जानकी मेडिकल शिक्षण अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको छ ।

कोरोना भाइरसको संक्रमण पुस्टि गर्न जाँच र परिक्षणका लागि उनको रगत र र्यालको नमूना काठमाडौं पठाइएको छ । सो अस्पतालमा कोरोना चेकजाँच गर्ने सुविधा नभएका कारण प्रदेश २ स्वास्थ्य निर्देशनालयका वरिष्ठ अधिकृत विजय झाले आशंका गरिएको व्यक्तिको रगत र र्‍यालको नमूना सोमबार बिहान काठमाडौं पठाएको जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *