भ्यालेन्सियाका पाँच खेलाडीलाई कोरोनाभाइरस

स्पेनिस फुटबल क्लब भ्यालेन्सियाका पाँच जना खेलाडीलाई कोरोनाभाइरसको संक्रमण भएको पुष्टि भएको छ।क्लबका अनुसार अर्जेन्टाइन डिफेन्डर इजेक्वेइल ग्यारीसहित पाँच जना खेलाडी र स्टाफलाई कोरोना देखिएको छ।

पाँचै जनाको स्वास्थ्य स्थिर रहेको क्लबको भनाइ छ। खेलाडीहरु अहिले सेल्फ आइसोलेसनमा बसेका छन्।
युरोपमा इटालीपछि स्पेनमा कोरोनाभाइरसको संक्रमण बढिरहेको छ। जसका कारण स्पेनले सोमबारदेखि पूरै राष्ट्र बन्द गर्ने तयारी गरेको छ।

यसअघि ला लिगाका खेलहरु दुई साताका लागि स्थगित भएका थिए। रियल म्याड्रिडको टिम नै क्वारेन्टिनमा बसेपछि लिगको खेल स्थगित गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *