पोर्चुगलमा रहेका एक नेपालीमा कोरोना संक्रमण

बिराटनगर । पोर्चुगलमा कार्यरत एक नेपालीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण भेटिएको छ ।
टाइम २४ डट न्युज अनलाइन संस्करणका अनुसार, पोर्चुगलको फारो नगरपालिकाको कृषि क्षेत्रमा काम गर्ने नेपालीमा कोरोना संक्रमण भएको हो ।फारो नगरपालिकाका मेयर रोगेरियो बाकल्हउले सुरुमा नेपालीमा देखिएको संक्रमण त्यहाँका अन्य मानिसमा पनि फैलिएको जनाएका छन् ।

पोर्चुगल सरकारले कोरोना संक्रमित ती नेपालीको पहिचान भने गोप्य राखेको छ । त्यस्तै, बिरामीसँगको सम्पर्कमा पुगेका व्यक्तिबारे पनि केही जानकारी दिइएको छैन ।

प्रवासमा रहेका नेपालीमा कोरोना भेटिएको यो तेस्रो घटना हो । यसअघि अस्ट्रेलियामा रहेका १ र यूएईमा रहेका २ नेपालीमा कोरोना संक्रमण पुष्टि भएको थियो । अहिले यी तीनै जनाको उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *