विराटनगर । सस्कृतिको संरक्षण गर्ने उद्देश्यले विराटनगरमा भिमसेन जात्रा निकालिएको छ । विराटनगरमा बसोबास गर्दै आएका नेवार समुदायले २०७३ सालदेखि भिमसेनको जात्रा निकाल्न थालेका हुन् । स्थानीय संसारीमाइ स्थानस्थित भिमसेन मन्दिरबाट निकालिएको भिमसेनसहितको जात्रा विराटनगरको विभिन्न भागको परिक्रमा गरी सोही स्थानमा समापन गरिएको थियो । जात्रामा नेवारी संस्कृति झल्किने धिमे बाजा र लाखे नाच प्रस्तुत गरिनुका साथै परम्परागत नेवारी पोशाक लगाएर महिलाहरु सहभागि भएका थिए ।यसपटकको भिमसेन जात्रामा नेवार मात्र होइन अन्य समुदायका मानिसहरुको पनि सहभागिता रहेको थियो । भिंद्यो अर्थात असल देवता नै अपभ्रंस भएर भिमसेन भएको किंवदन्तीका आधारमा नेवार समुदाय बसोबास गर्दै आएको क्षेत्रमा भिमसेनको जात्रा निकालिने गरिन्छ ।
विराटनगरमा भिमसेन जात्रा

अन्य सामग्री

सात जनाभारतको सीतामढीस्थित रेल्वे स्टेशनबाट उद्धार
महोत्तरी : महोत्तरीको भङ्गाहा नगरपालिका–८ धर्मपुरमा हराइरहेका बालिका र किशोरीसहित सात जना बुधबार फेला परेका छन् । सातै जनालाई भारतको सीतामढीस्थित रेल्वे स्टेशनबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय ...

जी.पी कोइराला फाउण्डेसनको कार्यसमीती अध्यक्ष्यमा जोशी मनोनित ।
चैत्र ८ गते,विराटनगर – लामो समय देखि नेपाली काँग्रेसको भात्रीय संस्था तरुण दल हुँदै हाल नेपाली काँग्रेसका नगर उपसभापती समेत रहेका प्रवीण जोशी, जी.पी कोइराला फाउण्डेसन विराटनगर महानगरको अध्यक्षमा मनोनि...

पिकअपको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु ।
फागुन ६ गते,सुनसरी – सुनसरी रामधुनी ३ बस्ने २२ बर्षीय सुरज चौधरीको मोटरसाईकल दुर्घटनाबाट मृत्यु भएको छ । बुधबार राती पौने १० बजे रामधुनी राजमार्ग स्थितमा को २ च ३३१२ नम्बरको पिकअप भेनले को ३१ प ३१४७ ...
Comments