खाद्यपदार्थको भाउ सात प्रतिशतले बढ्यो

नेपाल राष्ट्र बैंकले आज (बुधबार) सार्वजनिक गरेको तथ्याङ्‌क अनुसार चालु आर्थिक वर्षको माघमा वार्षिक विन्दुगत उपभोक्ता मूल्यवृद्धि ६.८७ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो मूल्यवृद्धि ४.३५ प्रतिशत रहेको थियो।

समीक्षा अवधिमा खाद्य तथा पेयपदार्थ समूहको मूल्यवृद्धि ९.७९ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मूल्यवृद्धि ४.६५ प्रतिशत रहेको छ।

यसैगरी खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत तरकारी, मसला, दाल तथा गेडागुडी र माछामासु उपसमूहको मूल्यवृद्धि उच्च रहेको राष्ट्र बैंकले जनाएको छ।

गैरखाद्य तथा सेवा समूहअन्तर्गत शिक्षा, स्वास्थ्य र लुगा तथा जुत्ता उपसमूहको मूल्य केही बढेको छ। समीक्षा महिनामा काठमाडौं उपत्यकामा ७.५८ प्रतिशत, तराईमा ७.२९ प्रतिशत, पहाडमा ५.४६ प्रतिशत र हिमालमा ५.२८ प्रतिशत मूल्यवृद्धि भएको छ।

२०७५ माघमा यी क्षेत्रमा क्रमशः ५.१९ प्रतिशत, ३.४४ प्रतिशत, ४.९१ प्रतिशत र ५.२७ प्रतिशत मूल्यवृद्धि भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *