भारतको लद्दाखमा थप दुईजनामा कोरोना सङ्क्रमण

बिराटनगर/भारतको लद्दाखमा बुधबार थप दुईजनामा कोरोना भाइरस (कोभिड-१९)को सङ्क्रमण देखिएको छ। यससँगै लद्दाख क्षेत्रमा कोरोना सङ्क्रमणको सङ्ख्या ८ पुगेको छ।

नयाँ सङ्क्रमण भएका दुवैजना पहिले नै सङ्क्रमित भएकाका आफन्त रहेको पाइएको छ।यससँगै भारतीय सेनाले कोरोनाभाइरस सङ्क्रमण देखिएका जवानसँगै तैनाथ सबै सिपाही र सहकर्मीलाई क्वारेन्टाइनमा राखिएको छ।लद्दाखको लेस्थित लद्दाख स्काउट रेजिमेन्टल सेन्टरका जवानलाई यसरी क्वारेन्टाइमा राखिएको हो।

ले क्षेत्रमा बुधबार बिहान मात्रै एकजना ३४ वर्षीय सैनिकमा पहिलोपटक कोरोना सङ्क्रमण देखिएको0 भारतीय सेनाले जनाएको थियो। उनी आफ्ना बुबासँगको सम्पर्कबाट सङ्क्रमित भएको बताइएको छ भने उनका बुबा गत २० फेब्रुअरीमा इरानबाट तीर्थयात्रा गरी फर्कँदा सङ्क्रमित भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *