जिप दुर्घटना हुँदा ६ जना घाईते, ३ जनाको अवस्था गम्भिर

बिराटनगर/ पाँचथरको तुम्बेवा गाउँपालिका वडा नम्बर २ सान्धाने भन्ने स्थानमा बुधबार दिउँसो बिहान भएको जिप दुर्घटनामा परेर ६ जना घाईते भएका छन् ।घाईते मध्ये ३ जनाको अवस्था गम्भिर छ । गम्भिर घाईते हुनेहरुमा तुम्बेवा २ का ५८ वर्षिय मरिचमान लावती,४० वर्षिय गजेन्द्र लावती,४२ वर्षिय श्री प्रसाद लावती रहेका छन् ।

यस्तै अन्य घाईते हुनेहरुमा सवारी चालक धनकुटाको भेडेटार वस्ने चन्द्र मगर,तुम्बेवा २ का ५८ वर्षिय मरिचमान लावती,स्थानिय ५६ वर्षिय लुङडामाँया साँवा, ३५ वर्षिय रणमाँया लावती रहेका छन् ।

उनीहरु सवैको उपचारका लागि धरानको घोपा पठाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक सिद्धराज न्यौपानेले बताउनुभयो । मौवा बाट धरान तर्फ जाँदै गरेको ना १ ज ५२९७ नम्बरको जिप अनियन्त्रित भई सडक बाट भण्डै २ सय मिटर तल खसेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *