छुट्टाछुटै स्थानमा आगलागी, २५ लाख बराबरको क्षति

बिराटनगर / खोटाङ,मोरङ र झापाका तिन स्थानमा आगलागी हुदा २५ लाख बराबरको क्षति भएको छ । खोटाङ हलेसी हात्तिटार बस्ने लोकेन्द्र माझिको घरबाट अचानक आगलागी हुँदा उनका छिमेकी सिता माझि र झन बहादुर थापा समेतको घरमा आगो फैलिन गई तिनै घरमा आगलागी हुदा घर, सुनका गहरगना तथा अन्य सर-ससामान जलि नष्ट हुदा १७ लाख ३५ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

यसै गरी हिजोनै मोरङ बुढीगंगा-१ पुष्पलाल चोक बस्ने भवनाथ धमलाको घरमा किराना पसल समेत रहेको एक कोठामा बिजुलीको लाईन सट भई आगलागी हुदा पसलको सामानहरु जलि नष्ट हुदा ४ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यस्तै झापा कमल गाउँपालिका-५ बस्ने धन बहादुर बि.क.को घरबाट बिजुली सर्ट भई आगलागी हुदा छिमेकी सन्तोष बि.क. र सुजन बि.क. समेतको घरमा आगो फैलिएर तिनै घरमा आगलागी हुदा ४ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । तिन स्थानमै लागेको आगो स्थानीय र दमकलको सहयोगमा नियन्त्रणमा लिईसकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *