कोरोनाको करण,प्रदेश १ मा सबै क्षेत्र चौपट

बिराटनगर । कोरोना भाईरसको विश्वब्यापी महामारी फैलिएपछि सबै क्षेत्र चौपट बनेका छन । प्रदेश १ का चलचित्र भवनहरु बिहिबारदेखि बन्द भएका छन भने शैक्षिक संस्था,उद्योग,ब्यापार,ब्यबसाय र पर्यटन क्षेत्र चौपट बनेका छन ।

बिश्वमा महामारीको रुप लिएको भाईरस नेपाल भित्रिने आशंकामा सरकारी पक्ष सचेत बन्दै भेला,सभा,समारोह र भिडभाडका सम्पुर्ण कार्यक्रमहरु बन्द गरेको छ भने नागरिकहरु आफै पनि सचेत बन्न थालेका छन । यसको प्रत्यक्ष भार होटल तथा पर्यटन क्षेत्रमा देखिएको छ । प्रदेश १ का पर्यटकीय क्षेत्रहरु सुनसान देखिएका छन । प्रदेश १ का प्रमुख पर्यटकीय गन्तव्य, धनकुटाको भेडेटार,हिले,तेह्थुमको बसन्तपुर इलामको कन्याम र सुनसरीको कोशीटप्पु,मोरङको बेतना,सुनसरीको तालतलैया,बर्जुताल,धरान,झापाका दोमुखा लगायतका क्षेत्रहरु सुनसान छन ।

भाइरसको त्रासका कारण पूर्वका चर्चित स्थानमा सञ्चालित होमस्टे र होटलहरु खाली भएका छन । भेडेटारमा आन्तरिकसँगै भारतबाट पनि ठूलो संख्यामा पर्यटकहरु आउने गरेका थिए । तर, आन्तरिक पर्यटकको समेत घुइँचो लाग्ने भेडेटार एक सातायता सुनसान छ । ‘भेडेटारमा दैनिक ५ हजार हाराहारी आन्तरिक र बाह्य पर्यटक आउने गरेको र एक सातायता होटल सुनसान भएको होटल एसोसिएशन भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दाली राई बताउँछन ।

पुर्वका ठुला र चलेका भनिएका होटल सुनसान बनेका छन भने बुकिङ पनि रद्द भएका छन । होटल ब्यबसायीहरु ‘बैंकको किस्ता तिर्न पनि गाह्रो हुन थालेको बताउँछन । कोशीटप्पुमा पनि पर्यटकको संख्या हवात्तै घटेको छ । यहाँ हात्ती सफारी र अर्ना हेर्नका लागि आन्तरिक तथा बाह्य पर्यटकहरु आउँथे । तर, पछिल्लो केही दिनयता पर्यटकहरु घटेका छन् । इलामको हालत पनि उस्तै छ । इलामको कन्याममा पर्यटकको संख्या घटेको छ । श्रीअन्तुमा सूर्याेदय हेर्न आउनेहरुको संख्या घटेको छ ।

भारतले पूर्वी नेपालको पशुपतिनगरको नाकासमेत बन्द गरेपछि आन्तरिक तथा बाह्य पर्यटकलाई ठूलो प्रभाव परेको छ । प्रदेश १ का १४ वटा जिल्लाका बिभिन्न क्षेत्रको अबस्था समेत दयनीय बन्दै गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *