कोउटिन्होमाथि चेल्सीको नजर

बिराटनगर /इङ्लिस प्रिमियर लिग क्लब चेल्सीले जर्मन क्लब बार्यन म्युनिखका फिलिप कोउटिन्होलाई अनुबन्ध गर्ने तयारी गरेको छ ।हाल स्पेनिस क्लब बार्सिलोनाबाट लोनमा बायर्नमा खेलिरहेका काउटिन्होलाई अनुबन्ध गर्न चेल्सीले छलफल प्रक्रिया अगाडी बढाएको हो । खेलाडी किनवेचमा दुई बर्ष प्रतिबन्ध भोगेको चेल्सीले अबको टन्सफर सिजनमा नयाँ खेलाडी अनुबन्ध गर्न चाहेको छ । बार्सिलोनाले अहिले कोटिन्होका लागि ८४ मिलियन पाउन्ड मुल्य तोकेको छ ।

लोनमा बायर्नन पुगेका २७ बर्षीय कोउटिन्हो अहिले बार्यनमा सानदार प्रदर्शन गरिरहेका छन् । कोउटिन्होलाई चेल्सीले लोन सहित पछि किन्न सक्ने सर्तमा लैजान लागेको बताईएको छ । कोउटिन्हो सन् २०१८ मा इङ्लिस क्लब लिभरपुलबाट बार्सिलोना पुगेका थिए । उनले बार्सिलोनामा सोचेजस्तो प्रदर्शन गर्न नसकेको भन्दै लोनमा बायर्न पठाएको थियो । एक सिजिन बायर्न गएका कोउटिन्होको बायर्नमा समयावधि सकिदै छ ।

कोउटिन्होलाई बार्सिलोनाले पुन राख्ने सम्भावना न्युन रहेकाले उनीमाथि चेल्सीले नजर लगाएको हो । बार्सिलोनाले गत सिजन फ्रान्सेली स्टार एन्टोइन ग्रीजम्यानलाई अनुबन्धन गरेपिछि कोटिन्होलाई बायर्न पठाएको थियो । बायर्नका सानदार प्रदर्शन गरिरहेका कोउटिन्होले ३२ खेल खेल्दै नौ गोल गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *