कोरोना भाइरसको जोखिमले संसारी मन्दिरमा बली पुजा रोकियो

बिराटनगर /प्रदेश नं.१ कै बढी भक्तहरुको भिड रहने मोरङको रंगेली स्थित संसारी माईस्थान मन्दिरमा हुदै आएको बली पुजा रोकिएको छ । मन्दिरले आज सार्वजनीक सुचना टास गर्दै कोरोना भाईरसको जोखिमलाई ध्यान दिदै अर्को सुचना जारी नगरुन्जेल सम्मका लागी बली पुजा रोकेको हो । भारतमा समेत कोरोनाको संक्रमण देखिएकाले मन्दिरमा भारत बाट समेत ठुलो संख्यामा भक्तहरु आउने गरेकाले र सम्भावित भिड्लाई मध्यनजर गरी मन्दिरमा बली पुजा रोक्नु परेको अध्यक्ष संजिव श्रेष्ठले जानकारी दिए । तर दैनिक हुदै आएको नियमित पुजा भने नरोकिएको श्रेष्ठले बताए । मन्दिरमा बली पुजाका लागी शनिवार र मंगलवार हजारौ भक्तहरूको सहभागीता रहने गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *