जिल्ला अदालत काठमाडौंमा तापक्रम जाँच सुरु

जिल्ला अदालत काठमाडौंमा सेवा लिन जाने सेवाग्राहीहरुको तापक्रम (ज्वरो) जाँच गरिएको छ । बबरमहलमा रहेको जिल्ला अदालतमा सेवा लिन जाने सेवाग्राहीहरुको तापक्रम जाँच गरेर मात्रै भित्र प्रवेश दिइएको थियो ।

कोरोना भाइरस (कोभिड—१९) संक्रमणको जोखिम बढेसँगै जिल्ला अदालतले अदालत प्रवेश गर्नु अगाडी नै गेटमा थर्मल गनबाट सबैको तापक्रम जाँच गरिरहेको छ । अदालतको गेट बाहिर सेवाग्राहीहरुको ठूलो लाइन देख्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *