कोरोना संक्रमणबाट मुलुकलाई जोगाउन सरकारले थप निर्णय लिने संकेत

उपप्रधानमन्त्री तथा नोबल कोरोना रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोख्रेलले शुक्रबार साँझ उच्चस्तरीय बैठक बोलाएका छन् । कोरोना भाइरसको संक्रमणबाट मुलुकलाई थप सुरक्षित गर्ने निर्णय लिने गरी उपप्रधानमन्त्री पोख्रेलले उच्चस्तरीय बैठक बोलाएका हुन् ।

पोखरेलले शुक्रबारनै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर मुलुकको पछिल्लो अवस्थाबारे ब्रिफिङ गरेका थिए । छलफलका क्रममा प्रधानमन्त्री ओलीले कोरोना संक्रमणबाट मुलुकलाई जोगाउने उपायमा कुनै कसर बाँकी नराख्न उपप्रधानमन्त्री पोख्रेललाई निर्देशन दिनुभएको श्रोतले बताएको छ ।

साँझ बस्ने उच्चस्तरीय बैठकले थप निर्णय लिन सक्ने सम्भावना रहेको श्रोतको दाबी छ । यसअघि सरकारले मुलुकभरका शैक्षिक संस्थाको पठनपाठनदेखि कोरोना संक्रमित मुलुकहरुबाट हुने हवाई उडान रोक्ने निर्णय लिइसकेको छ । त्यस्तै सर्वसाधारणलाई २५ जनाभन्दा बढीको भीड नगर्न समेत आह्वान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *