Breking News भोलि देखि बिराटनगर लक्डाउन

हुसैन सेख :-

बिराटनगर महानगरपालिका ले कोरोणा भाइरस का कारण भोलि देखि बिराटनगर लक्डाउन राख्ने निर्णय गरेको छ।
आज दिउसो बसेको कार्यपालिका को बैठक ले सो निर्णय पारित गरेको हो ।
सम्पुर्ण संघ संस्था तथा सरोकारवाला लाइ बोलाइ निर्णय गरेको र सम्पूर्ण ले लक्डाउन हुनु नै समाधान हो र नेपाल मा पनि महामारी नफैलियोस भनेर लक्डाउन गर्नुपर्छ तसर्थ अन्य कुनै विकल्प नरहेको महानगर पालिका का मेयर भिम पराजुलीले बताए ।

विराटनगर महानगरपालिका चैत ११ गतेदेखि कोरोना भाइरसको संक्रमण हुन नदिन “लकडाउन” गरिने भएको छ ।
विराटनगर महानगरपालिका मेयर भिम पराजुलीले आज उहाँको कार्यकक्षमा गर्नुभएको पत्रकार भेटघाटमा उक्त कुरा जानकारी गराएका हुन ।

विराटनगरमा अत्यावश्यक कुरा बाहेक सबै सेवा बन्द गरिने साथै सर्वसाधारणलाई घर बाहिर ननिसक्न आवहान समेत गरेको छ ।” यो विराटनगर महानगरको लकडाउन हैन सम्पुर्ण जनताको लकडाउन हो, आफ्नो स्वास्थ्यको लागि सबै क्षेत्र बन्द गर्न लागिएको हो” मेयर पराजुलीले बताए ।

भारतीय सिमा नजिक रहेको हुनाले विराटनगर पनि कोरोना भाइरसको उच्च जोखिममा रहदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *