अनुगमन गर्न निस्केका अनुगमनकारिहरु आफ्नो बचाउ मात्र खोज्दै ….

बिराटनगर,१५ ।।
कोरोना भाइरस को कारणले अहिले पुरा नेपाल त्रसित बनेको छ ।
यस त्रसित भएको मौका लाई प्रयोग गरि खाद्यान पसलहरु ले आफ्नो घर भर्ने काम को थालनी को सुरुवात गर्न थालेका छन् ।
कोरोना का कारण पुरै देस अहिले लक्डाउन रहेको अवस्था मा खाद्यान्न बिक्रि वितरण मा ठुलो परिमाण मा लुट भैरहेको पाइएको छ ।

त्यस्तै बिराटनगर वडा न : १ को विजयपुर् टोल मा साह किराना पसल ले दैनिक उपभोग्य बस्तु नुन , तेल चामल जस्ता खाद्यान्न सामान हरुको मापदण्ड बिपरित बढी मूल्य लीइ बिक्रि वितरण गरेको पाइएको हो ।

सो पसल मा बिराटनगर महानगरपालिका का उप मेयर इन्दिरा कार्की , बिपत ब्यबस्थापन संयोजक राजेन्द्र प्रधान, नेपाल प्रहरी र नगर रक्षक सहित को टोलि अनुगमन गर्न पुगेका हुन् ।
अनुगमन गर्दा पसल को दर्ता समेत नरहेको खुलासा भएको छ ।
उक्त पसल ब्यबसायी भर्खरै २२ दिन अगाडी इजरायल बाट फर्केका हुन् तसर्थ ब्यबसायी क्वारेन्टाइन नबसी फर्केका छन् ।
यस्तो त्रसित रहेको माहोल मा अति आवस्यक रहेको जानकारी थाहा पाएपनि नेपाल प्रहरी र उपमेयर सहित आफुलाई भाइरस सर्ने डर ले सेनिटाइज हातमा दल्दै सो स्थानबाट कुनै कारबाही नगरी फर्केका हुन् ।
यस्तो परक्रिया देखेपछि जनसमुदाय कसरि सुरक्षित रहेको भन्ने जब कि जनप्रतिनिधि नै आफ्नो बचाउ मा जुटेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *