नेपालमा कोरोना लागेको संख्या ५ पुग्यो

बेल्जियम बाट आएकि बाग्लुङकि एक युवतीमा कोरोना भाइरस लागेको पुष्ठि भएको छ । यो संगै नेपालमा कोरोना लाग्ने मानिसको संख्या ५ पुगेको छ । नेपालमा कोरोना पुष्ठि भएका ब्याक्ति हरु सवै बिदेश बाट नेपाल आएका ब्याक्ति हरु हुन । अहिले उनिहरुलाई क्वारेन्टाइनमा राखेर उपचार गरीदै छ भने एक जाना निको भएर घर फर्किसकेका छन ।

टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा बाग्लुङकी एक युवतीमा संक्रमण भेटिएको हो । नेपालमा कोरोना भाइरस संक्रमण भएको दोस्रो व्यक्तिसँगै उनी चैत ४ गते कतार एयरवेजको फ्लाइट हुँदै बेल्जियमबाट काठमाडौं आएको मन्त्रालयले जनाएको छ ।

अहिले चिकित्सकले सम्पर्कमा रहेकी युवतीको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा जानकारी दिएको छ । यसअघि हिजो सेती प्रादेशिक अस्पतालमा उपचारार्थ भर्ना भएका धनगढीका एक युवकमा पनि संक्रमण भेटिएको थियो ।

योसँगै गत एक हप्तामै चारजना नेपालीमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ। तीन दिन दुई दिनअघि नेपालका तेस्रो व्यक्ति सङ्क्रमित भएको पुष्टि भएको थियो । धादिङका ती व्यक्ति कतारबाट फर्केका थिए ।

त्यसअघि फ्रान्सबाट फर्केकी १९ वर्षीया विद्यार्थीमा कोरोनाभाइरस सङ्क्रमण भएको थियो । सङ्क्रमित नेपालीसँगै विमानमा आएका मानिसहरूलाई सम्पर्कमा आउन सरकारले यसअघि नै आह्वान गरेको छ ।

सम्पर्कमा आएकालाई क्वारेन्टाइनमा राखेर परीक्षण गर्ने योजना छ । कोरोनाभाइरस सङ्क्रमित भएका पहिलो नेपाली चीनको वुहान शहरबाट फर्केका थिए। उनी डेढ महिना अघि नै स्वस्थ्य भएर घर फर्किसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *